दोस्रो नम्बरमा ‘ए हन्टेड हाउस’ छ । निर्देशक क्याथरीन बिगेलोको फिल्म ‘जीरो डार्क थर्टी’ गत साता मात्र ओस्कार अवार्डको पाँच विधामा मनोनित भएको छ भने आइतबार गोल्डन ग्लोब अवार्डमा जेसिका चेस्टेनले यही फिल्मका लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार जितेकी छिन् ।
क्याथरीनको अघिल्लो फिल्म इराक युद्धमा आधारित थियो र यसले ६ विधामा ओस्कार अवार्ड जितेको थियो । सोधपुछलाई आक्रामक रुपमा प्रस्तुत गरिएको भन्दै फिल्मको अमेरिकामा आलोचना समेत भएको थियो ।
No comments:
Post a Comment