– श्रेष्ठ सत्य
डाक्टरै पायौ की त इन्जिनीयरै पायौ ?
म दुःखीलाई छाडी कोसँग माया लायौ ?
म दुःखीलाई छाडी कोसँग माया लायौ ?
खान्थ्यौ होला नि दालभात नै मसँग पनि त,
धनै रोजी सुन खायौ की हिरामोती खायौ ?
धनै रोजी सुन खायौ की हिरामोती खायौ ?
आफ्नै माटोलाई स्वर्ग मान्ने म त भएँ पाखे,
तिमी त भन स्वर्ग गयौ की चन्द्रमा नै गयौ ?
तिमी त भन स्वर्ग गयौ की चन्द्रमा नै गयौ ?
मायाँले नै बन्छ भन्थे झुप्रो पनि महल,
मेरो सपना भत्काई कत्रो दर्बार बनायौ ?
मेरो सपना भत्काई कत्रो दर्बार बनायौ ?
क्षणिक मिथ्या झिलिमिलीको पछि लागेर,
सत्यलाई किन सदाको लागी जलायौ ?
सत्यलाई किन सदाको लागी जलायौ ?
दोलखा, नेपाल ।

No comments:
Post a Comment