Tuesday, 15 January 2013

पक्राउ पर्ने डरले अमेरिका भ्रमण रद्ध !



काठमाडौं,माघ १ । महान्यायाधिबक्ता मुक्ति प्रधानले मानव अधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने डरले अमेरिका भ्रमण रद्ध गर्नुभएको छ । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न अभियुक्तको अनुसन्धान र बयान रोक्न लगाउने आफ्नो लिखित आदेशका कारण विववादमा पर्नुभएका प्रधानले आइतबार अचानक अमेरिका भ्रमण रद्ध गर्नुभएको हो । अमेरिकाको बोस्टनस्थित युनिभर्सिटी अफ न्यू हेभेनले प्रधानलाई फौजदारी न्याय प्रणाली, विधिको शासन र फोरेन्सिक साइन्सबारे अध्ययन भ्रमणमा बोलाएको थियो । आइतबार सांझ अमेरिकातर्फ उड्नु पर्नेमा प्रधानले अमेरिका जाने कार्यक्रम अचानक रद्ध गरेपछि भ्रमण टोलीमा परेका महान्यायाधिवक्ता प्रेमराज कार्की, पीए शाखा अधिकृत सन्तोष गिरी र अर्का शाखा अधिकृत पदमबहादुर कार्की निरास बन्नु भएको छ । अमेरिकी दुताबासले भिसा दिए पनि अमेरिकामा पक्राउ पर्ने आशंकामा उहांले भ्रमण रद्ध गर्नुभएको स्रोतले जनाएको छ ।

No comments:

Post a Comment