९ माघ, काठमाण्डौं । उपत्यकाभित्र चल्ने एउटा ट्याक्सीले यात्रुसित दैनिक सरदर आठ सय रुपियाँ ठग्ने गरेको भेटिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ४१ प्रतिशत ट्याक्सी ठगीमा संलग्न छन् । महाशाखाले ठग्ने ट्याक्सीविरुद्ध कारबाही सुरु गरेयताको विश्लेषणबाट यो तथ्य खुलेको हो । उपत्यकाभित्र अहिले दैनिक सात हजार ट्याक्सी गुड्छन् । तीमध्ये ४१ प्रतिशत अर्थात् दुई हजार आठ सय ७० ट्याक्सी ठगी धन्दामा रहेको महाशाखाले जनाएको छ । यस आधारमा ट्याक्सी चढ्ने यात्रुबाट दैनिक करिब २३ लाख रुपियाँको ठगी हुने गरेको छ ।
ट्राफिक प्रहरीको नेतृत्वमा ठगी गर्ने ट्याक्सी चालक धमाधम पकाउ पर्न थालेपछि अहिले ट्याक्सी चालक आफैँ ट्याक्सी चेक गराउन नाप तौल तथा गुणस्तर विभागमा पुग्न थालेका छन् । उपत्यकाभित्र सञ्चालित अधिकांश ट्याक्सीबाट यात्री ठगिएको जनगुनासो बढ्न थालेपछि ट्राफिक प्रहरीको नेतृत्वमा चेकजाँच सुरु गरिएको सौर्य दैनिकमा खबर छ ।
चेकजाँचका क्रममा ‘कल फास्ट’ गरेर चलाउने ४० भन्दा बढी ट्याक्सी चालक कारबाहीमा परेका छन् । यस्तै, मिटरमा जान नमान्ने ५० वटा ट्याक्सी चालकमाथि कारबाही भएको छ । मिटर नचल्ने बनाएको वा मिटर बिगारेका ३१ जना, भाडा बढी लिने ३४ जना, मिटरको सिल तोडेर चलाउने ९ जना, यात्रु बोक्न नमान्ने ६ जना र मिटर नराखी चलाउने ३ जना पनि फन्दामा परेका छन् । १ हप्ताको बीचमा यात्रुलँई ठग्ने १ सय ९५ जना ट्याक्सी चालक कारबाहीमा परेको महाशाखाका प्रवक्ता गिरीले बताए ।
कोटेश्वरदेखि ट्याक्सीमा चढ्न तयार रहेकी संगीता थापाले ट्राफिक प्रहरीको कारबाहीप्रति खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अब यो अभियानले राहत त होला तर कहिलेसम्म हो, हेरौँ उनी भन्दै थिइन् ।’ ट्राफिक महाशाखाका गिरीले ट्याक्सी चालकको ठगी गर्ने क्रम नघटेमा ट्याक्सी चेकजाँचमा सादा पोसाकका प्रहरीसमेत खटाउन सक्ने जानकारी दिए ।
ठग्न नपाएपछि विरोध
ट्राफिक प्रहरीले ठगी गर्ने ट्याक्सीमाथि कारबाही सुरु गरेपछि उपत्यकाका केही ट्याक्सी मजदुर संगठन आन्दोलनमै उत्रेका छन् । उनीहरूले दैनिकजसो राजधानीका विभिन्न स्थानमा विरोधका कार्यक्रम गरिरहेका छन् ।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका उपाध्यक्ष नारायण श्रेष्ठले केही ट्याक्सी मजदुरले सुरु गरेको आन्दोलनप्रति आफूहरूको समर्थन नरहेको बताए । उनले भने, ‘ट्राफिक प्रहरीले हामीसित छलफल गरेरै अभियान सुरु गरेको हो, यसमा हाम्रो पूर्ण समर्थन छ ।’
मिटर चेक गराउन भिड
ट्राफिक प्रहरीको नेतृत्वमा ठगी गर्ने ट्याक्सी चालक धमाधम पकाउ पर्न थालेपछि अहिले ट्याक्सी चालक आफैँ ट्याक्सी चेक गराउन नाप तौल तथा गुणस्तर विभागमा पुग्न थालेका छन् । उपत्यकाभित्र सञ्चालित अधिकांश ट्याक्सीबाट यात्री ठगिएको जनगुनासो बढ्न थालेपछि ट्राफिक प्रहरीको नेतृत्वमा चेकजाँच सुरु गरिएको हो ।
चेकजाँचका क्रममा ‘कल फास्ट’ गरेर चलाउने ४० भन्दा बढी ट्याक्सी चालक कारबाहीमा परेका छन् । यस्तै, मिटरमा जान नमान्ने ५० वटा ट्याक्सी चालकमाथि कारबाही भएको छ । मिटर नचल्ने बनाएको वा मिटर बिगारेका ३१ जना, भाडा बढी लिने ३४ जना, मिटरको सिल तोडेर चलाउने ९ जना, यात्रु बोक्न नमान्ने ६ जना र मिटर नराखी चलाउने ३ जना पनि फन्दामा परेका छन् ।
यसरी ठग्छन् ट्याक्सी चालकले
मिटर ट्याक्सीका लागि सरकारले तोकेको प्रतिकिलोमिटर भाडादर बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्मका लागि ३२ रुपियाँ हो । बेलुका ९ बजेपछि बिहान ६ बजेसम्मको भने प्रतिकिलोमिटर ४८ रुपियाँ तोकिएको छ ।
ट्याक्सीको मिटर नापतौल तथा गुणस्तर विभागले अनिवार्य रूपमा सिल गरी सिफारिस गरेको हुनुपर्छ । ट्याक्सी चालकले बदमासी गर्ने यहीँ हो । नियमत: विभागले सिल गरेको मिटर ट्याक्सी चालकलाई छुने पनि अनुमति हुँदैन । तर, उनीहरू सिल नै फोडिदिन्छन् र ग्राहकले थाहा नपाउनेगरी मिटरको स्पिड बढाउने विधि अपनाउँछन् । त्यसलाई उनीहरू ‘छुस् गर्ने’ वा ‘आर्थिङ गर्ने’ भन्छन् । उनीहरूले गरेको यो बद्मासीबारे सामान्य यात्रुलाई थाहै हुँदैन ।
प्राविधिकका अनुसार सिल तोडिएको मिटरको तारमा अर्कै तार जोडेर स्विच बटम बनाइन्छ । बटम लगेर ब्रेक, हर्न, स्टेरिङ या ढोकामा अरूले नदेख्ने गरी जडान गरिन्छ । जब यात्रु ट्याक्सीमा चढ्छन्, चालकले मौका हेरी बटम दबाइदिन्छ र मिटर बेस्करी घुम्न थाल्छ । अर्को तरिका हो, मिटर बिगार्ने वा बढी स्पिडमा घुम्ने बनाउने । मिटर बिगारेका ट्याक्सी चालकले पहिले केही नभनी यात्रु चढाउँछन् र पछि मिटर बिग्रेको छ भन्दै पैसाको बार्गेनिङ गर्छन् । हतारमा रहेका यात्रु पैसा दिएर हिँड्छन् ।
No comments:
Post a Comment