Wednesday, 16 January 2013

राष्ट्रियता र जनताको मुक्तिका लागि आफू मृत्युवरण गर्न तयार: मोहन वैद्य



जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा पास गर्दै र पुनः पुरानै नेतृत्वलाई कामय गर्दै नेकपा–माओवादीको सातौंँ महाधिवेशन राजधानीमा सम्पन्न भएको छ ।

जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा पास गर्दै र पुनः पुरानै नेतृत्वलाई कामय गर्दै नेकपा–माओवादीको सातौंँ महाधिवेशन राजधानीमा सम्पन्न भएको छ ।पुस २५ देखि २९ सम्म भनिए पनि २ दिन लम्बिर्दै राजधानीको प्रज्ञा भवनमा सम्पन्न महाधिवेशनले आठ सदस्यपछि थप्ने गरी ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । ४३ जना पूर्वपदाधिकारीलाई पुनः सोही पदमा निर्वाचित गरेको छ हो जसअन्तर्गत अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्षमा सिपी गजुरेल, महासचिवमा रामबहादुर थापा तथा सचिवद्वयमा देव गुरुङ र नेत्रविक्रम चन्द रहेका छन् । पदाधिकारी पाँच जना नै स्थायी समिति रहने छन् भने महाधिवेशनले १३ सदस्यीय पोलिटब्युरो निर्वाचित गरेको छ । पोलिटब्युरोमा पदाधिकारीबाहेक पम्झा भुसाल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, धर्मेन्द्र बास्तोला, नारायण शर्मा, हितमान शाक्य , खड्गबहादुर विक र कुलप्रसाद केसीलाई निर्वाचित गरेको छ । माओवादीको पदाधिकारी र पोलिटब्युरोमा यसअघिकै सदस्य पुनःनिर्वाचित भएका छन् । यसअघिको ४४ सदस्यीय केन्द्रीय समितिमा रहेका कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दाहालबाहेकका ४१ जना केन्द्रीय सदस्यलाई यथावत् राख्दै मौसम लिम्बू र लक्ष्मण पन्तलाई थप गरिएको छ भने बाँकी आठ जना अब बस्ने केन्द्रीय समितिले चयन गर्ने छ ।

No comments:

Post a Comment