Saturday, 19 January 2013

ह्वाइटहाउसमा भूत छ रे




हामीमा एउटा विश्वास छ, कुनै एक अदृश्य शक्तिले विश्वलाई चलाइरहेको छ । 
केही मानिस सो अदृश्य शक्तिलाई देवता भन्छन् । यसको अर्थ हामीमा भगवान् छ भन्ने विश्वास हुनु हो । विश्वभर नै के मान्यता छ भने भगवान्ले हाम्रो रक्षा गरिरहेका छन् । जब भगवान्लाई विश्वास गरिन्छ तब नराम्रो पक्ष पनि छ भन्ने गरिन्छ । भगवान् अस्तित्वमा भएको विश्वास गर्नेबित्तिकै हामी भूत पनि छ भन्नेमा विश्वास गर्छौं । केही समयअगाडि काठमाडौंको अति नै व्यस्त ठाउँ न्युरोडमा पनि एउटा घरमा भूत आयो भनेर व्यापक चर्चा भयो । त्यतिवेला काठमाडौंका प्रायः मिडियाले सो ठाउँमा भूत भएको वा नभएको विभिन्न किसिमका समाचार लगातार सम्प्रेषण गरिरहे । 

नेपाली समाजमा भूत भएको विश्वास गर्दै कैयौँ ठाउँमा जान वर्जित गरिएको पनि छ । तर, त्यसो भन्दैमा भूत नै भएको आधिकारिक जानकारी भने आजसम्म कसैले पनि दिन सकेको छैन । एकथरी मान्छे भूत मनमा मात्र भएको विश्वास गर्छन् । उनीहरू भन्छन्, 'भगवान् भन्नु या भूत भन्नु एउटै कुरा हो । मनमा मात्र हुन्छ । 
विश्वास गर्नेका लागि जहाँ पनि भगवान् छ र विश्वास नगर्नेका लागि भूत या भगवान् कहीँ पनि छैन ।' विपरीत धारणा राख्ने मानिस भने हामी यदि भगवान्को पूजा गछार्ंै भने किन भूत नहुने भन्छन् । आखिर जे-जे भए पनि भूत भएको विश्वास गरिने ठाउँ नेपालमा मात्र नभएर विश्वमा नै छन् । विश्वका विभिन्न ठाउँमा भूत भएको विश्वास गरिन्छ ।

भूत भएको विश्वास गरिने अति चर्चित ठाउँमध्ये अमेरिकाको ह्वाइटहाउस पनि एक हो । अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसमा भूतले तर्साउने विश्वास गर्न थालिएको धेरै नै भइसकेको छ । हिलारी क्लिन्टनले एकपटक भनेकी थिइन्, 'जब रात पर्दै जान्छ, ह्वाइटहाउसमा पहिले काम गरिसकेका मानिस हिँड्दै जान्छन्, तपाईं त्यो वेला त्यहाँ हुनुभयो भने पक्कै पनि तपाईंलाई अचम्म लाग्छ । विभिन्न समयमा त्यहाँ सेतो कपडा लगाएर हिँडिरहेका मानिस पनि देखिन्छन् ।' ह्वाइटहाउसमा लिंकनलगायत अमेरिकी पूर्वराष्ट्रपतिको भूत आउने विश्वास गरिन्छ । हिलारी रोधम क्लिन्टन अहिले पनि राष्ट्रपति भवनमा काम गरिरहेकी छिन् । 

उनले विभिन्न समयमा पहिले काम गरिसकेका राष्ट्रपति तथा अन्य मानिसको भूत देख्ने कुरा बताउँदै आएकी छिन् । 
ह्वाइटहाउसमा अबिजेल एडेम्स र डेभिड बर्नसको पनि भूत देखिने चर्चा गरिएको छ । अबिजेल एडेम्स अमेरिकाका दोस्रो राष्ट्रपति जोनकी श्रीमती हुन् भने डेभिड सो जग्गाका धनी । डेभिडले अहिले ह्वाइटहाउस रहेको जग्गा बेचेका थिए । त्यहाँ उनको भूत आउने विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति प|mयांकलिन रुजभेल्टले त सो कुराको पुष्टि नै गरेका थिए । उनले विभिन्न समयमा आफ्नी सहयोगी लिलियन रोर्गस् पार्कलाई भन्थे, 'जब रात पर्दै जान्छ, म एउटा अनौठो आवाज सुन्छु । त्यो कहाँबाट आएको हो थाहा नै हुँदैन ।' उनका अनुसार त्यो आवाजले भनिरहेको हुन्छ, 'म मिस्टर बर्नस हुँ ।'


ह्वाइटहाउसमा विश्वास गरिएको भूत एन्ड्रयु ज्याक्सन र ह्यारी ट्रयुम्यानको पनि हो । ह्यारी ट्रयुम्यान अमेरिकाका ३३औँ राष्ट्रपति हुन् । उनले आफ्नो कार्यकालमा पनि भूत देखेको कुरा आफ्नी श्रीमतीलाई लेखेको चिठीमा उल्लेख गरेका छन् । उनले आफ्नी श्रीमतीलाई लेखेका थिए, 'म यो पुरानो घरमा बस्छु र कैयौँ घन्टा काम गर्छु, विदेशी समन्वयका कुरा पढ्छु र आफ्ना भाषण तयार पार्छु । तर, म यहाँ एक्लै हुन्नँ । मेरा वरिपरि भूतहरू विभिन्न विषयमा कुरा गरिरहेको सुन्छु ।'

ह्वाइटहाउसमै अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको पनि भूत आउने विश्वास गरिँदै आएको छ । अमेरिकाका प्रसिद्ध १६औँ राष्ट्रपति लिंकनको भूत विभिन्न समयमा देखिएको विभिन्न व्यक्तिले भन्ने गरेका छन् । बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिल दोस्रो विश्वयुद्धताका ह्वाइटहाउस बारम्बार गएका थिए । उनले सो वेलामा पनि ह्वाइटहाउसमा भूत भएको जानकारी दिएका थिए । 'लिंकनको भूत म बसेको कोठामा नांगै चुरोट पिउँदै आयो र आगो ताप्दै बस्यो । म त्यतिवेला अक्क न बक्क भएँ । मेरो सातो गयो, बोल्न शब्द नै निस्किएन ।'

-नेपाली पत्रीका

No comments:

Post a Comment