Sunday, 20 January 2013

न्युयोर्कमा तीन दिनमा तीन जना नेपालीको निधन


योग गुरु किरण पुरुष ढकाल
योग गुरु किरण पुरुष ढकाल

न्युयोर्कको नेपाली समाजले यस हप्ता लगातार ३ जना नेपालीलाई गुमाउनु परेको छ । करिब ३ महिना देखी अस्वस्थ रहनुभएका जगतरत्न बज्राचार्यको जनवरी १५ तारिखको दिन न्युयोर्कको एल्र्मस्ट अस्पतालमा निधन भएको हो भने सोहि दिन न्युयोर्कको नेपाली समाजमा परिचीत योग गुरु किरण पुरुष ढकालको पनी न्युयोर्कको नजीकै रहेको न्युजर्सीको एलीजावेथमा ४२ बर्षको उमेरमा निधन भएको थियो । क्यान्सर रोगका कारणले मृत्यु हुन पुगेका बज्राचार्य र घरमा बसिरहेको बेला एक्कासी बेहोस् भए पछी १० दिन सम्म अस्पतालमा बेहोस् अवस्थामा रहेर निधन हुनुभएका ढकाललाई अन्तीम संस्कार गरेको एक दिन पनी पुग्न नपाउदै पीएस २३९ (P.S. 239) स्कुल रिजउडमा कक्षा २ मा अध्ययनरत ७ वर्षका बालकको गाडिले ठक्कर दिएर मृत्यु भएको छ ।
भक्तपुरका रंजन थापा र शुसिला थापाका जेठा छोरा पुरन थापाको रिजउडमा आफ्नै अर्पाटमेन्ट नजिकैको बाटो पार गर्ने क्रममा बिहीबार सांझ गाडिले ठक्कर दिएर मृत्यु भएको हो । लगातार ३ जना नेपालीको ज्यान गएको खबरले न्युयोर्कमा रहेका नेपालीहरु स्तब्ध बनेका छन् । पीएस २३९ स्कुल रिजउडमा कक्षा २ मा अध्ययनरत ७ वर्षका बालक पुरन थापाको रिजउडमा गाडीको ठक्करबाट मृत्यु भएको छ ।

No comments:

Post a Comment