७ माघ, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबारदेखि सामाजिक सञ्जाल ट्वीटरमार्फत् युवापुस्तासँग प्रत्यक्ष संवाद थाल्नुभएको छ । प्रधानमन्त्रीको ट्वीटरमा पत्रकार पूर्ण बस्नेतले पहिलो कमेन्ट लेख्दै राम्रो थालनी एवं ट्वीटर चलाउने पहिलो प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ ।
प्रधानमन्त्रीको ट्वीटर प्रोफाइलमा अंग्रेजीमा लेखिएको छ- ‘मेरा देशवासीहरु, विशेषरुपले युवा साथीहरु, हाम्रो महान देशका बारेमा आशावादी रहौं । हामीले चुनौतीहरुलाई अवरसरमा बदल्नुपर्छ ।’प्रत्येक महिनाको अन्तिम शुक्रबार जनताको घरमा एक रात बिताउने घोषणा गर्नुभएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबारदेखि ट्वीटर चलाउन थाल्नुभएको हो । विशेषगरी युवापुस्तासंग प्रत्यक्ष अन्तक्रिर्या गर्नका लागि प्रधानमन्त्री भट्टराईले ट्वीटर चलाउन थाल्नु भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
त्यसो त प्रधानमन्त्री भट्टराईका नाममा खोलिएको यो ट्वीटर पहिलो होइन । यसअघि पनि प्रधानमन्त्री बाबुारम भट्टराईका नाममा ट्वीटर अकाउन्ट खोलिएको र त्यसमा पोष्ट भएका भनाइहरु विवादमा आएका थिए । तर, ती अकाउन्ट नक्कली भएको प्रतिक्रिया प्रधानमनत्रीको स्वकीय सचिवालयले दिएको थियो ।साभार : अन्लाईन खबर
No comments:
Post a Comment