Saturday, 2 February 2013

Ford-Mustang



Ford Mustang GT California Special 2011 by Madness US

what a talent


Gangnam Style Flip Book by Spi0n

don't drink and scooter


Don't Drink And Scooter by videobash

Wednesday, 23 January 2013

राहुल गान्धीले नेपाली युवतीसँग बिहे गर्ने !


१० माघ, काठमाण्डौ । भारतका भावी प्रधानमन्त्रीका रुपमा लिइएका राहुल गान्धीले नेपाली युवतीसँग बिबाह गर्न लागेको चर्चा यतिखेर केही भारतीय मिडियाहरुले गरिरहेका छन् ।
४२ बषिर्य राहुल गान्धी र सीएनएन टेलिभिजनको भारतस्थित कार्यालयमा काम गर्ने नेपाली युवती सुम्निामा उदासवीच प्रेम रहेको चर्चा मिडियाहरुले गरिरहेका छन् । सन् २०१४ को आमचुनावअघि नै उनीहरुले बिबाह गर्न लागेको चर्चा पनि चलिरहेको छ ।
यही चर्चाका बिच केटीका बाबु भिम उदास दिल्ली जानुका पछाडी कुनै तालमेल त छैन भनी बुधबारको जनआस्थासाप्ताहिकले छापेको छ ।
गैरआवासीय नेपाली संघ स्थापना गर्दा उपेन्द्र महतोको कोर टीममा रहेर संगठन बनाएका राष्ट्रसंघका पूर्व कर्मचारी भीम उदासकी छोरी हुन सुम्निमा । राष्ट्रसंघीय खाद्य कार्यक्रमका लागि बिभिन्न देशमा कन्ट्री डाइरेक्टरसमेत रहेका उनी अहिले अबकाश जीवन नेपालमा बिताइरहेका छन् । उपेन्द्र एनआरएन अध्यक्ष रहँदासम्म उनी उपाध्यक्ष थिए ।
छोरी सुम्निमाले अमेरिकाको भर्जिनियाबाट प्रसारण पत्रकारीतामा स्नातक गरेकी हुन् । बुद्ध धर्मसम्बन्धी बिस्तृतमा अध्ययन गरेकी सुम्निामा सात बर्षदेखि दिल्लीस्थित सीएनएन कार्यालयमा कार्यक्रम उत्पादकका रुपमा कार्यरत छिन् ।
पारिवारिक स्रोतका अनुसार सुम्निामा र राहुलवीच राम्रो मित्रता छ । केही दिनअघि जयपुरमा भएको केन्द्रीय समितिको वैठकमा गरमागरम भाषण गरेलगत्तै सुम्निमाले राहुलसँग कुरा फोनमा कुरा गरेकी थिइन् । तर उनले राहुलसँगको घनिष्टताबारे केही पनि बताएकी छैनन् । यसैवेला उनका पिता भीम उदास भने नेपालका निम्ती जोर्डनको महाबाणिज्यदूत बन्न आबश्यक कागजात लिन दिल्ली पुगेका छन् ।
एनआरएन नेतृत्ववीच राहुल एनआरएनका ज्वाई बन्न लागेको चर्चा सुरु भइसकेको छ । तर, भीमले अहिलेसम्म राहुलसँगको छोरीको सम्बन्धबारे केही पनि नखोलेको उनीहरुले बताए ।
यसअघि उनको भुटानी राजा जिग्मेखेखरसँग पनि राम्रो सम्बन्ध थियो । दुवैको बिबाह गर्नेसम्मको कुरा पनि उठ्यो । तर शरणार्थी समस्या समाधान गर्न नसक्ने अबस्थामा दुवैले आ-आफ्नो बाटो रोजेको समाचारमा उल्लेख छ । उनीहरु दुवै जना कुनै बेलाका सहपाठी थिए ।

Joke if the day:D

A conversation between man & women 

Man : How old are u ? 
Woman : A woman never tells her age 
Man : Just tell me your age 
Woman : since I was 18 i never told anyone my age ... 
Man : But I will make sure I will know your age ? 
Woman : How can u do that while for the last 10 years nobody ever made me say my age ?
Man : Hahahahahahahah ­ ahahahahahahahh ahahaha lol!

बेलायती हजुर आमा को दशा


एउटा बृटिश हजुर आमा छाङ्गा बाट खसेजस्तो भएर भनिन : नाइ नाइ नाइ!!! जब उनिलाई हिजो लागु पदार्थ बेच्बिखन को आरोप मा गोली हानी हानी मार्ने  सजाय सुनाइयो ।
लिन्ड्से सान्डिफोर्ड लाई गत बर्श मे मा इन्डोनेसिया को बाली भन्ने ठाउ मा £१ ।६ मिलिओन पर्ने ४ ।८ किलोग्राम कोकेन सँग पक्राउ गरिएको थियो ।

Taliban wants to kill Prince Harry

Prince Harry was condemned last night for likening killing Taliban insurgents in afaganistan to playing video games.
the royal's blunt remarks about taking enemy fighters' out of the game',were saigd to have been too candid and 'more than awkward'.
He was also labelled 'crass,arrogant and insensitive' for suggsting hat playoing video games meant he was 'quite useful' at using his £45million Apache helicopter's weapons. Lindsey German, convenor of the Sop The War Coalition, said: 'Prince Harry returns to a life of idleness and luxury, unlike most soilders who face unemployment, austerity and social problems.
The Taliban also waded in, saying: 'We have always wanted to capture or kill this prince but he was mostly kept inside, safe and inguarded places underground.'

Tuesday, 22 January 2013

Joke of the day:D

The Egyptian President, Hosni Mubarak, the British Prime Minister, Tony Blair and the American President, George Bush, were having a meeting.

George Bush was seen touching his ear and murmuring frequently.

"What are you doing?" the other 2 leaders asked him.

"Nothing. This is just a new technology from my country which allows me to communicate with my advisors back home," replied George.

Then, Tony was seen touching his throat and murmuring frequently.

"What are you doing?" the other 2 leaders asked him.

"Nothing. This is just a new technology from my country which allows me to talk to my relatives back home," replied Tony.

Hosni was embarrassed. Everyone had his own technology except him. There is no new technology in his country. He had to do something.

Hosni Mubarak suddenly collected all of the papers, documents and maps, put them in his mouth and swallowed them immediately.

"WHAT THE HELL ARE YOU DOING?!!" the other 2 leaders were shocked.

"Nothing. Just sending a fax to Egypt." ........LMAO!!!!

एक दूरदशी गीत – हट्ने हैन डटी लड्ने..... (व्यंग्य)



– श्रेष्ठ सत्य
दोलखा, नेपाल
“हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ
कहिल्यै नझुक्ने शीर उभिएको स्वाभिमानी नेपाली हुन्छ
विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज
त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ ।...............”
सानैदेखि विद्यालयको प्रांगणमा गाइने यो गीत अझै पनि मेरो जिब्रोमै झुण्डिरहेको छ । अझै पनि कहिलेकाहिं ओंठबाट अनायासै फुस्किन जान्छ । संयोग एक दिन म लण्डनको आफ्नो भान्सामा खाना पकाउँदै यही गीत गुनगुनाउँदै थिएँ । हामीसँगै एकै फ्ल्याटमा बस्नुहुने कुमार दाइ अचानक भान्साकोठामा पस्दै भन्नुभयो – “सत्यजी यो गीत अहिलेको परिप्रेक्ष्यमा कत्ति पनि सान्दर्भिक छैन । तपाइँ चाहिं किन अझै यो पुरानो र प्रतिगामी गीत गाइरहनुहुन्छ ? ”
म कुमार दाइलाई यो गीत सान्दर्भिक भएर होइन गाउने लत भएर गाएको भनी स्पष्टिकरण दिन खोज्दै थिएँ, छेवैमा आलु ताछिरहनुभएको सुन्दर दाइले भन्नुभयो – “होइन कुमारजी यो गीत अहिले त झनै सान्दर्भिक छ नि । यस गीतका गीतकार पक्कै पनि बहुतै दूरदर्शी हुनुपर्छ किनकी यो गीत दिनदिनै झन् झनै सान्दर्भिक र यथार्थपरक बन्दै गइरहेको छ ।”
“होइन सुन्दरजी तपाइँले भन्न खोज्नुभएको के हो ? त्यो गीत अहिलेको लोकतान्त्रिक गणतन्त्र नेपालमा कसरी सान्दर्भिक हुन्छ ? तपाइँ पनि जे पायो त्यही बोल्नुहुन्छ यार ।”
“सुन्नुहोस् कुमारजी, हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ – भन्ने वाक्य कति यथार्थ र व्यवहारिक छ अहिले पनि ? हामी नेपाली हट्न र झुक्न त जानेकै छैनौं । इतिहाँसमा दरबारको भाइभारदारमा मात्र सीमित लडाइ, २०३६ सालमा राजा र जनताबीच विस्तार भयो त्यही लडाइँ २०६९ सालसम्म आइपुग्दा गाउँगाउँमा बस्ती बस्तीमा विस्तार भइसकेको छ । जातीयता, क्षेत्रीयताको नाममा, धर्म र भाषाको नाममा हेर्नुहोस् नेपालीको नेपालीबीचको लडाइँ । पहिले विदेशीहरुलाई खेद्न सीपालु नेपालीहरु अहिले आफ्नै देशवाशीलाई एक ठाउँबाट अर्को ठाउँमा खेद्न र सके ज्यानै लिन कम्मर कसेर लागिपरेका छन् नेपालीहरु । यहाँ झुक्न त कोही जानेकै छैनन् सबै डटी लड्न र मर्न मार्न तयार छन, पछि हट्न कोही तयार छैनन् । अहिले जस्तो डटी लड्ने नेपालीहरु इतिहाँसको कुनै पनि पन्नामा पहिले कहिल्यै पाएका थियौ त हामीले ? अब त लड्नु,लडाउनु मर्नु, मार्नु हामी नेपालीहरुको जन्मजात बानी नै भइसकेको छ । आज मुलुकैभरि कतै मधेसी र पहाडी भन्दै, कतै ब्राम्हण, क्षेत्री र जनजाति, आदिवासी भन्दै, कतै थारु र अन्य जात भन्दै त कतै यो पार्टी र ऊ पार्टी भन्दै नेपालीहरु आपसमा मारकाट गरिरहेका छन् । हेर्नुहोस् त कुमारजी गीतकारले कति मज्जाले हाम्रो वर्तमान अवस्थालाई छर्लंगै चित्रित गरेका छन् यस गीतमा ?”
कुमार दाइले उहाँको कुरालाई खण्डन गर्न त सक्नुभएन उहाँले फेरि सुन्दर दाइसँग अर्को प्रश्न गर्नुभयो
“ल तपाइको त्यो राय त ठिकै छ तर त्यस पछिको पंक्ति– त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ भन्ने वाक्यांश त अहिले बकवास नै होइन त, सुन्दरजी ? यो त गीतकारको अन्ध राजभक्त मात्र होइन र ? अब त राजारानी त रहेनन् नि । यसमा चाहिं तपाइको के तर्क छ त , मेरो प्यारो राजावादी मित्रज्यू ?”
सुन्दर दाइले आफ्नो तर्क यसरी राख्नुभयो –
“यो वाक्यांश त नेपालको वर्तमान र भविष्यसँग झनै ठ्याक्कै मेल खान्छ, । गीतकारको आफ्नो दूरदर्शी क्षमता यो हरफमा अझै निखारिएर प्रस्फुटन भएको छ । विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँराजारानी हुन्छ यही होइन त त्यसपछिको हरफ ?
यसमा गीतकारले के भन्न खोजेका हुन् भने नेपाल त अब जात, धर्म, क्षेत्रीयताको नाममा टुक्रिने नै भयो, बाइसे र चौबिसे देशहरुमा, त्यसबेला पहिले कुनै बेलामा नेपाल भन्ने एउटा सिंगै राष्ट्र थियो भन्ने कुरा विश्वको कतै कतै कुनाकाप्चामा कसै कसैलाई मात्र थाहा हुनेछ तर टुक्रा टुक्रामा विभाजित नेपालमा रहने सारा नेपालीहरुको मुटुमा भने एक जमानामा नेपाल सिंगै थियो भन्ने भावना रहिरहनेछ । अब कुरो रहयो राजारानीको , नेपालमा गणतन्त्र आएर शाहवंशीय राजतन्त्रको त अन्त्य भयो तर के साँच्चै जनताको लोकतन्त्र, जनताको गणतन्त्र आयो त ? गणतन्त्रको आगमन पछि पनि नेपाली जनताहरुलाई यहाँका तथाकथित राष्ट्रपति, प्रधानमन्त्रीहरुले रैती र दास बाहेक केही देखे त ? उनीहरुका प्रत्येक कदमहरु राजाका भन्दा पनि निरंकुश, स्वेच्छारी र व्यक्तिवादी ठहरिएका छन् । त्यसैले कहाँ आयो यहाँ लोकतन्त्र कहाँ आयो जनताको शासन, पार्टिभित्र, सरकार भित्र नेताहरुको योगदान र बलिदानको आधारमा नभई नातावाद र फरियावादको आधारमा पदोन्नति भइरहेको छ । यही हो राजतन्त्र र यही नातावाद र फरियावादलाई नै गीतकारले रानी भन्न खोजेका हुन् । हेर्नुुहोस् त आज नेपालमा जुन दलले गरिब र सर्वहारा वर्गका लागि भनेर हजारौं नेपाली जनतालाई बलिको शिकार बनायो त्यही पार्टीमा राजा, रानी र राजकुमार पनि सारा नेपालीहरुले देखि भोगिसकेका छन्, कि कसो सत्यजी ?”
मैले स्वीकारात्मक टाउको हल्लाएँ र मलाई त्यही गीतको अर्को हरफको बारेमा सुन्दर दाइसँग जिज्ञासा राखें– “अनि दाइ, गीतकारले हामे मादल शान्तिको लागी मरुभूमिमा परेड खेल्छ भन्नुको अर्थ चाहिं के हो नि ? शान्तिको लागी हाम्रो मादल मरुभूमिमै गएर परेड खेल्नुपर्ने किन ? आफ्नै डाँडाकाँडा र फाँटमा परेड खेले हुन्न र ?”
“ सुन्नुस्, यो वाक्यले त झनै हामे वर्तमान अवस्थालाई छर्लंगै उतार्न सफल भएको छ । हाम्रो देशमा गरिबी र बेरोजगारी बढेकै कारण लडाइँ झगडा र अशान्ति व्याप्त छ । त्यसैकारण लाखौं नेपालीहरु प्रत्येक वर्ष विदेशिन बाध्य छन् । मरुभूमि भनेर गीतकारले खाडी क्षेत्र र विदेशिने नेपालीहरुको अवस्थालाई भन्न खोजेका हुन् । नेपालीहरु विश्वको जुनसुकै कुनामा गए पनि मरुभूमितुल्य जीवन बिताउन विवश छन् नपत्याए हामी बेलायतमै बस्नेहरुको जीवन हेरौं के हामीले मूरुभूमिमा भन्दा कम सास्ती झेलिरहेका छौं त ? जहाँ गए पनि नेपालीले मादलै बन्नुपर्ने मादलले जस्तै चोट पाउनुपर्ने भएको छ । जति इमान्दार र परिश्रमी भए पनि नेपालीहरुले सहनै पर्ने र आफ्नो अधिकारको लागी लड्नैपर्ने कुरालाई त भर्खरै सफल भएको गोर्खाली भुपू सैनिकहरुको आन्दोलनले पनि पुष्टि गरिसकेको छ नि । ”
त्यसैले यस गीतका गीतकारले गीतका प्रत्येक हरफहरुमा मार्मिक रुपमा नेपालको वर्तमान र भविष्यको कुशल चित्रण गरेका छन् । गीतकार निश्चित रुपमा राष्टप्रेमी र दूरदर्शी सावित भएका छन ् ।”
यो कुरा सुनेर कुमार दाइ हाँस्दै बाहिर निस्किनुभयो भने सुन्दर दाइ र म भान्साकोठामै बसेर त्यही मर्मस्पर्शी गीत गाउन थाल्यौं
“हटने हैन डटी लड्ने .................”

गजल


– श्रेष्ठ सत्य
डाक्टरै पायौ की त इन्जिनीयरै पायौ ?
म दुःखीलाई छाडी कोसँग माया लायौ ?
खान्थ्यौ होला नि दालभात नै मसँग पनि त,
धनै रोजी सुन खायौ की हिरामोती खायौ ?
आफ्नै माटोलाई स्वर्ग मान्ने म त भएँ पाखे,
तिमी त भन स्वर्ग गयौ की चन्द्रमा नै गयौ ?
मायाँले नै बन्छ भन्थे झुप्रो पनि महल,
मेरो सपना भत्काई कत्रो दर्बार बनायौ ?
क्षणिक मिथ्या झिलिमिलीको पछि लागेर,
सत्यलाई किन सदाको लागी जलायौ ?
दोलखा, नेपाल ।

Newcastle look set to finally get their men in January shopping spree


Montpellier defender Mapou Yanga-Mbiwa
Mapou Yanga-Mbiwa will bolster Newcastle’s frail defensive line (Picture: PA)
Newcastle manager Alan Pardew has ended his frustration in the transfer market with a flurry of signings from French clubs.
Centre-back Mapou Yanga-Mbiwa joined from Montpellier earlier tonight, with Nancy full-back Massadio Haidara and Bordeaux forward Yoan Gouffran set to follow.
Yanga-Mbiwa completed a deal worth in the region of £7million, while a statement from Nancy said they had agreed a fee for Haidara.
The moves end a series of near-misses for Pardew who is desperate to strengthen his struggling side but last week saw long-time target Loic Remy choose to join QPR instead.
Yanga-Mbiwa, who signed a five-and-half-year contract and will wear the No.13 shirt, said: ‘It is an honour to be able to come to Newcastle United and have the chance to play in the Premier League.
‘This [England] is a country where everybody loves football and I really want to experience this culture. It is one of the things you want to discover as a player.’
Massadio Haidara (right) also looks set to move to St. James' Park from Ligue 1 (Picture: Getty)
Massadio Haidara (right) also looks set to move to St. James’ Park from Ligue 1 (Picture: Getty)
Twenty-year-old Haidara is expected on Tyneside tomorrow after Nancy revealed a deal had been agreed.
A club statement said: ‘After 46 games and two-and-a-half years in the Nancy shirt, Massadio Haidara is leaving for Newcastle.’
And it appears the Magpies have finally been successful in their search for a striker, with Bordeaux accepting a bid for Gouffran.
He tweeted: ‘Tomorrow I will be a new player of Newcastle and I am proud.’
Another reported Newcastle target, midfielder Moussa Sissoko, has been left out of the Toulouse squad for tomorrow’s French Cup clash with Paris St Germain for an unspecified reason, amid reports in France he is also discussing a move to the north-east.source:metro

Taliban claim Prince Harry has a mental problem after ‘killing admission’


Prince Harry
In his sights: Prince Harry in his Apache helicopter at Camp Bastion (Picture: PA)
Prince Harry has developed a mental problem, the Taliban have reportedly claimed in light of the prince’s apparent admission he killed militants in Afghanistan as an Apache attack helicopter co-pilot gunner.
Taliban spokesman Zabiullah Mujahid told the AFP news agency that the 28-year-old prince, known as Captain Wales in the Army, had compared shooting insurgents to playing video games.
‘There are 49 countries with their powerful military failing in the fight against the mujahedeen, and now this prince comes and compares this war with his games, PlayStation or whatever he calls it,’ the spokesman said.
In a series of wide-ranging interviews given before his tour of duty ended and a media blackout was lifted, the prince said he had taken fighters ‘out of the game’.
He also claimed that being good at video games had helped hone his flying skills.
In the UK, the comments were branded ‘arrogant and insensitive’. 
Prince Harry
In his sights: Prince Harry in his Apache helicopter at Camp Bastion (Picture: PA)
Prince Harry has developed a mental problem, the Taliban have reportedly claimed in light of the prince’s apparent admission he killed militants in Afghanistan as an Apache attack helicopter co-pilot gunner.
Taliban spokesman Zabiullah Mujahid told the AFP news agency that the 28-year-old prince, known as Captain Wales in the Army, had compared shooting insurgents to playing video games.
‘There are 49 countries with their powerful military failing in the fight against the mujahedeen, and now this prince comes and compares this war with his games, PlayStation or whatever he calls it,’ the spokesman said.
In a series of wide-ranging interviews given before his tour of duty ended and a media blackout was lifted, the prince said he had taken fighters ‘out of the game’.
He also claimed that being good at video games had helped hone his flying skills.
In the UK, the comments were branded ‘arrogant and insensitive’.
Lindsey German, convenor of the Stop The War Coalition, which is finalising details of events to mark the tenth anniversary of protests against the Iraq war, said Prince Harry’s comments were ‘crass’.
‘In recent months many civilians have been killed by air strikes. This arrogant and insensitive attitude to killing Afghans, whoever they are, is hardly likely to win hearts and minds – a supposed aim of the war,’ she said.
‘Prince Harry returns to a life of idleness and luxury, unlike most soldiers who face unemployment, austerity and social problems.’
Kate Hudson, general secretary of the Campaign for Nuclear Disarmament, added: ‘After more than a decade of war, resulting in an unconscionable civilian death toll and a fractured country, it is unacceptable that the media only gives such high-profile coverage of this bloody and protracted conflict when it involves a member of the royal family.
‘As we approach the ten-year anniversary of the invasion of Iraq, we should be reflecting on the catastrophic impact of our military interventions in the Middle East.
‘Poring over the exploits of a royal in combat is a sad diversion from the deep, critical appraisal which should be taking place about the UK’s devastating wars.’
Prince Harry
Prince Harry playing video games in Afghanistan (Picture: PA)
Meanwhile, on Twitter many people expressed their surprise he had killed enemy fighters, with others argued it was simply part of his job.
‘If there’s people trying to do bad stuff to our guys, then we’ll take them out of the game, I suppose,’ said the prince.
‘Take a life to save a life. The squadron’s been out here. Everyone’s fired a certain amount.’
Prince Harry
Prince Harry pictured at Camp Bastion, Helmand province (Picture: PA)
Typically, CNN host Piers Morgan was one of the first to offer his opinion, claiming Prince Harry was wrong to do the interview.
‘Prince Harry is extremely ill-advised to be boasting about killing Taliban,’ he wrote. ‘Should have declined to discuss operational duties.’
With the royal’s name trending across the UK on Twitter from 7:30pm yesterday, there has been no shortage of comments.
Twitter reacts to Prince Harry’s return 

Tory MP Patrick Mercer, who served as infantry officer in the British Army, said he found the interview ‘quite refreshing’, despite fears his comments will be used as propaganda against the British forces.
‘We can’t get away from the fact that soldiers and marines are designed to fight,’ he told BBC News.
‘Fighting is brutal but it goes on and people get killed. We can’t hide that away in some politically correct corner.’source:metro

Lady Gaga shows her feminine side in floaty dress while shopping for Elton John’s new babe


Lady Gaga goes girly for her shopping trip to Kitson Kids (Picture: Buzz Foto / Rex Features)
Lady Gaga is loud and proud as she swamps herself in a colourful frock while shopping for gifts for Elton John’s newborn.
The usually edgy and risqué dresser swapped her PVC leotard for a maxi-length and quite loud floral dress with puff sleeves and skyscraper platform heels, adding a floppy white hat to finish off her ensemble.
The 24-year-old was apparently shopping for a gift for Elton’s second son, Elijah, at the trendy Kitson Kids boutique in LA, ahead of her tour performance on Sunday night.
The Born This Way songstress stopped to sign autographs for her Little Monsters before being driven off in a SUV just hours before her show.
Lady Gaga
Lady Gaga is godmother to Elton’s first son Zachery (Picture: Reuters)
Gaga and the Rocket Man singer have become great friends and she is godmother to his and David Furnish’s two-year-old son Zachery.
The 65-year-old and David announced the birth of their second son on the singer’s website, saying they ‘are very pleased to announce the birth of their child Elijah Joseph Daniel Furnish-John on Friday, January 11.’ source:metro

एउटा ट्याक्सीले दैनिक ठग्छ ८ सय रुपैयाँ


९ माघ, काठमाण्डौं । उपत्यकाभित्र चल्ने एउटा ट्याक्सीले यात्रुसित दैनिक सरदर आठ सय रुपियाँ ठग्ने गरेको भेटिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ४१ प्रतिशत ट्याक्सी ठगीमा संलग्न छन् । महाशाखाले ठग्ने ट्याक्सीविरुद्ध कारबाही सुरु गरेयताको विश्लेषणबाट यो तथ्य खुलेको हो । उपत्यकाभित्र अहिले दैनिक सात हजार ट्याक्सी गुड्छन् । तीमध्ये ४१ प्रतिशत अर्थात् दुई हजार आठ सय ७० ट्याक्सी ठगी धन्दामा रहेको महाशाखाले जनाएको छ । यस आधारमा ट्याक्सी चढ्ने यात्रुबाट दैनिक करिब २३ लाख रुपियाँको ठगी हुने गरेको छ ।
महाशाखाका प्रवक्ता डिएसपी पवन गिरीले दिनमा एउटा ट्याक्सीले औसत एक हजार ८ सय रुपियाँ कमाउने गरेको जानकारी दिए । ‘तर, त्यसमा १ हजार रुपियाँ मात्र चोखो कमाइ हुन्छ, आठ सय त उनीहरूले बढी मिटर उठाएर ठगेका हुन्छन्,’ उनले भने । ट्याक्सीबाट दैनिक यति ठूलो ठगी हुने गरेको देखिएपछि हामीले कारबाही अभियान सुरु गरेका हौँ ।’
ट्राफिक प्रहरीको नेतृत्वमा ठगी गर्ने ट्याक्सी चालक धमाधम पकाउ पर्न थालेपछि अहिले ट्याक्सी चालक आफैँ ट्याक्सी चेक गराउन नाप तौल तथा गुणस्तर विभागमा पुग्न थालेका छन् । उपत्यकाभित्र सञ्चालित अधिकांश ट्याक्सीबाट यात्री ठगिएको जनगुनासो बढ्न थालेपछि ट्राफिक प्रहरीको नेतृत्वमा चेकजाँच सुरु गरिएको सौर्य दैनिकमा खबर छ ।
चेकजाँचका क्रममा ‘कल फास्ट’ गरेर चलाउने ४० भन्दा बढी ट्याक्सी चालक कारबाहीमा परेका छन् । यस्तै, मिटरमा जान नमान्ने ५० वटा ट्याक्सी चालकमाथि कारबाही भएको छ । मिटर नचल्ने बनाएको वा मिटर बिगारेका ३१ जना, भाडा बढी लिने ३४ जना, मिटरको सिल तोडेर चलाउने ९ जना, यात्रु बोक्न नमान्ने ६ जना र मिटर नराखी चलाउने ३ जना पनि फन्दामा परेका छन् । १ हप्ताको बीचमा यात्रुलँई ठग्ने १ सय ९५ जना ट्याक्सी चालक कारबाहीमा परेको महाशाखाका प्रवक्ता गिरीले बताए ।
कोटेश्वरदेखि ट्याक्सीमा चढ्न तयार रहेकी संगीता थापाले ट्राफिक प्रहरीको कारबाहीप्रति खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अब यो अभियानले राहत त होला तर कहिलेसम्म हो, हेरौँ उनी भन्दै थिइन् ।’ ट्राफिक महाशाखाका गिरीले ट्याक्सी चालकको ठगी गर्ने क्रम नघटेमा ट्याक्सी चेकजाँचमा सादा पोसाकका प्रहरीसमेत खटाउन सक्ने जानकारी दिए ।
ठग्न नपाएपछि विरोध
ट्राफिक प्रहरीले ठगी गर्ने ट्याक्सीमाथि कारबाही सुरु गरेपछि उपत्यकाका केही ट्याक्सी मजदुर संगठन आन्दोलनमै उत्रेका छन् । उनीहरूले दैनिकजसो राजधानीका विभिन्न स्थानमा विरोधका कार्यक्रम गरिरहेका छन् ।
नेपाल मिटर ट्याक्सी व्यवसायी संघका उपाध्यक्ष नारायण श्रेष्ठले केही ट्याक्सी मजदुरले सुरु गरेको आन्दोलनप्रति आफूहरूको समर्थन नरहेको बताए । उनले भने, ‘ट्राफिक प्रहरीले हामीसित छलफल गरेरै अभियान सुरु गरेको हो, यसमा हाम्रो पूर्ण समर्थन छ ।’
मिटर चेक गराउन भिड
ट्राफिक प्रहरीको नेतृत्वमा ठगी गर्ने ट्याक्सी चालक धमाधम पकाउ पर्न थालेपछि अहिले ट्याक्सी चालक आफैँ ट्याक्सी चेक गराउन नाप तौल तथा गुणस्तर विभागमा पुग्न थालेका छन् । उपत्यकाभित्र सञ्चालित अधिकांश ट्याक्सीबाट यात्री ठगिएको जनगुनासो बढ्न थालेपछि ट्राफिक प्रहरीको नेतृत्वमा चेकजाँच सुरु गरिएको हो ।
चेकजाँचका क्रममा ‘कल फास्ट’ गरेर चलाउने ४० भन्दा बढी ट्याक्सी चालक कारबाहीमा परेका छन् । यस्तै, मिटरमा जान नमान्ने ५० वटा ट्याक्सी चालकमाथि कारबाही भएको छ । मिटर नचल्ने बनाएको वा मिटर बिगारेका ३१ जना, भाडा बढी लिने ३४ जना, मिटरको सिल तोडेर चलाउने ९ जना, यात्रु बोक्न नमान्ने ६ जना र मिटर नराखी चलाउने ३ जना पनि फन्दामा परेका छन् ।
यसरी ठग्छन् ट्याक्सी चालकले
मिटर ट्याक्सीका लागि सरकारले तोकेको प्रतिकिलोमिटर भाडादर बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्मका लागि ३२ रुपियाँ हो । बेलुका ९ बजेपछि बिहान ६ बजेसम्मको भने प्रतिकिलोमिटर ४८ रुपियाँ तोकिएको छ ।
ट्याक्सीको मिटर नापतौल तथा गुणस्तर विभागले अनिवार्य रूपमा सिल गरी सिफारिस गरेको हुनुपर्छ । ट्याक्सी चालकले बदमासी गर्ने यहीँ हो । नियमत: विभागले सिल गरेको मिटर ट्याक्सी चालकलाई छुने पनि अनुमति हुँदैन । तर, उनीहरू सिल नै फोडिदिन्छन् र ग्राहकले थाहा नपाउनेगरी मिटरको स्पिड बढाउने विधि अपनाउँछन् । त्यसलाई उनीहरू ‘छुस् गर्ने’ वा ‘आर्थिङ गर्ने’ भन्छन् । उनीहरूले गरेको यो बद्मासीबारे सामान्य यात्रुलाई थाहै हुँदैन ।
प्राविधिकका अनुसार सिल तोडिएको मिटरको तारमा अर्कै तार जोडेर स्विच बटम बनाइन्छ । बटम लगेर ब्रेक, हर्न, स्टेरिङ या ढोकामा अरूले नदेख्ने गरी जडान गरिन्छ । जब यात्रु ट्याक्सीमा चढ्छन्, चालकले मौका हेरी बटम दबाइदिन्छ र मिटर बेस्करी घुम्न थाल्छ । अर्को तरिका हो, मिटर बिगार्ने वा बढी स्पिडमा घुम्ने बनाउने । मिटर बिगारेका ट्याक्सी चालकले पहिले केही नभनी यात्रु चढाउँछन् र पछि मिटर बिग्रेको छ भन्दै पैसाको बार्गेनिङ गर्छन् । हतारमा रहेका यात्रु पैसा दिएर हिँड्छन् ।

मन्त्रीको झण्डावाल गाडी हराएपछि प्रहरीमा हल्लीखल्ली


९ माघ, काठमाडौं । सानातिनो सरसामान हराउनु त स्वाभाविकै हो, तर, सोमबार साँझ बहालवाला मन्त्रीको झण्डावाल गाडी मन्त्री निवासबाटै हराएपछि केहीबेर उपत्यकाका तीनै जिल्लाका प्रहरीवीच खैलाबैला मच्चियो । आफ्नो झण्डावाल गाडी हराएको भन्दै बहालवाला मन्त्रीले नै प्रहरीलाई खबर गरेपछि गाडी भाग्न सक्ने नाकाहरुमा तत्कालै सेटबाट खबर गरियो ।
हराएको झण्डावाल गाडी रहेछ, सिंचाईमन्त्री महेन्द्रप्रसाद यादवको । सो गाडी मन्त्री क्वार्टरबाटै हराएको प्रहरीलाई बताइएको थियो । आफूले चढ्दै आएको कालो रंगको सरकारी गाडी हराएको भन्दै मन्त्री यादवले सोमबार साँझ प्रहरीलाई खोजी गरिदिन भनेका थिए । हराएको सूचना आएको केही समयपछि मन्त्रीको झण्डासहितको गाडी प्रहरीले भक्तपुरको लोकन्थलीमा फेला पारेर मन्त्रिक्वाटर फर्काएको थियो ।
मन्त्रीले प्रहरीलाई नै उजुरी गर्नुपर्ने गरी गाडी लिएर बेपत्ता हुने मानिसचाहिँ अरु कोही नभएर मन्त्रीकै ज्वाइँ रहेछन् । प्रहरीले उनलाई मातेर भिल्लु भएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
महन्थ ठाकुर नेतृत्वको तमलोपाका तर्फबाट समानुपातिक सभासद् बनेका यादव यतिबेला तमलोपा फुटाएर ‘तमलोपा नेपाल’का अध्यक्ष छन् । सर्लाही बसन्तपुर-५ का यादवले हालको बसोबास ललितपुरको टीकाथली-७ बताउने गरेका छन् । आफ्ना पाँच दाजुभाइ सगोलमा रहेकाले अंशवण्डा नभएको तर घर व्यवहार अलग रहेको बताउने मन्त्री यादवको सर्लाहीका विभिन्न गाविसमा २० विघा जग्गा रहेका छ । तर, हेटौडाको एक फाइनाइन्सबाट ५० हजार ऋण लिएर किनेको एउटा मोटर साइकलमात्रै साथमा रहेको मन्त्री यादवले मन्त्रालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।साभार : अन्लाईन खबर

बलात्कार अभियोगमा हङकङमा नेपालीलाई ५ वर्ष जेल


९ माघ, काठमाणडौ । चिनियाँ मूलकी अष्ट्रेलियन युवतीलाई बलात्कार गरेको अभियोगमा हङकङ अदालतले एक नेपालीलाई ४ बर्ष ९ महिना जेल सजायँको फैसला गरेको छ ।
नयाँ बर्ष सन् २०१३ को जनवरी एक तारिख साँझ प्रसिद्ध लनक्वाईफोङस्थित एक बारमा आएकी ग्राहकलाई बलात्कार गरेको अभियोगमा २८ बषिर्य संजिव गुरुङलाई हङकङको उच्च अदालतले जेल सजायँ सुनाएको त्यहाँको द स्टाण्डर्ड पत्रिकाले जनाएको छ ।
ग्राहकका रुपमा आएकी ती युवती बारमा मदिरा सेवन गरेर मातेकी थिइन् । मातेकी युवती ट्याक्सीमा होटल फर्किन लागेका बेला त्यहीं बारम्यानका रुपमा कार्यरत संजिवले पछ्याएका थिए । उनले वानचाईमा रहेको एक गेष्टहाउसमा लगेर गुदद्वारमा बलात्कार गरेका थिए ।
अर्ध बेहोस अबस्थामा रहेकी ती युवतीले गुदद्वारामा सहवास गर्न इन्कार गरेकी थिइन् । तर संजिवले जर्वजस्ती गरेको र गुदद्वारबाट रगत आउने गरि बलात्कार गरेको उनले अदालतसमक्ष बताएकी छिन् ।
पछि ती युवतीले एक पुरुष साथीको सहयोगमा अदालतमा मुद्दा दायर गरेकी थिइन् । संजिवका वकिलले उनले नियतवस बलात्कार नगरेको दावी गरेका थिए । सात सदस्यीय बेन्चले उनलाई ५ बर्षको जेल सजायँ हुने फैसलाए सुनाए पनि संजिवले गरेको समाजसेवाको कामलाई समेत कदर गर्दै तीन महिना सजायँ घटाइएको थियो ।साभार : अन्लाईन खबर

Monday, 21 January 2013

Joke of the day:D

SCHOOL: A place where Dad
pays and Son plays.

STUDENT: someone who knows
little of everything.

PROFESSOR: someone that knows
a lot about so little

LECTURE: An art of transferring information 
from the notes of the Lecturer to the
notes of the students without passing through
"the minds of either"

LIFE INSURANCE: A contract that
keeps you poor all your life so
that you can die Rich.

NURSE: A person who wakes u
up, to give you sleeping pills.

MARRIAGE: It's an agreement in
which a man loses his bachelor.
degree and a woman gains her masters.

DIVORCE: Future tense of Marriage.

CONFERENCE: The confusion of
one man multiplied by the number present.

CONFERENCE ROOM : A place where
everybody talks, nobody listens
and everybody disagrees later on.

COMPROMISE : The art of dividing a
cake in such a way that everybody
believes he got the biggest piece.

DICTIONARY : A place where success
comes before work.

FATHER: A banker provided by nature.

CRIMINAL: A guy no different
from the rest....except that he got caught.

BOSS: Someone who is early when
you are late and late when you are early.

POLITICIAN : One who shakes
your hand before elections and your
Confidence after.

DOCTOR : A person who kills
your ills by pills, and kills you by bills.

SMILE : A curve that can set a lot of
things straight.

OFFICE: A place where you can relax
after your strenuous home life.

YAWN: The only time some married
men ever get to open their mouth.

COMMITTEE: Individuals who can
do nothing individually and sit to
decide that nothing can be done
together.

EXPERIENCE: The name men give
to their mistakes

E.T.C .: A sign to make others
believe that you know more than you
actually

cold snap could cost consumers an extra £7 a week


The cold snap will have seen many turn up the thermostat this week. But as the last of the major energy suppliers’ price hikes come into effect and with little difference among tarriffs, it’s important to try to cut energy costs in other ways.
E.ON became the last of the ‘big six’ to increase prices on Friday and the average standard tarriff now stands at around £1,352 a year – with heating accounting for 44 per cent of the total bill.
It means the cold snap could cost cash-strapped consumers an extra £7 a week, according to uSwitch, and if the freezing winter weather lasts for a month, households could be facing an additional £30 on their next energy bill.
Tom Lyon, energy expert at uSwitch.com, says: ‘It costs just over £3 a day on average to heat a home, but during a severe cold snap this could easily rise by £1 a day.
‘The worry is that many households will try to make ends meet by cutting back on their heating.
‘Instead of going without heat, adopting simple energy efficiency measures is a safer way of reducing the amount of energy you use.’
If your about to change suppliers, cashback deals could provide the biggest saving.
Quidco is currently offering up to £140 cashback for customers who switch dual fuel or single gas tariffs, through the site, until January 26.
It will award an additional £41.09 cashback on deals with nPower, Scottish Power, First Utility and uSwitch – where between £35 and £100 cashback is already available.
Until tomorrow, Moneysavingexpert is also offering £50 cashback on an 18-month dual fuel fixed deal with Scottish Power.
But if switching is not an option, these tips to reduce energy spend could help:
1) Turning down the thermostat just one degree could save up to £60 a year on that heating bill, while being careful in the kitchen – washing at 30 degrees, cutting the amount of use of the tumble dryer and only boiling the right amount of water in the kettle could save a further £35.
2)  Buying draught-proofing products for the doors and windows, sealing skirting boards with silicone sealant, and fit chimney balloons could cost up to £160 but, according to the Energy Saving Trust, saves up to £90 a year, which means they’ll pay for themselves in less than two years.
3) Replacing just one traditional light bulb with a compact florescent energy-saving light bulb, you could save around £3 a year, or £55 in its lifetime and they last much longer. LEDs are more expensive, but last around 25,000 hours, where as traditional light bulbs last around 1,000 hours.
4) Laying loft insulation to a thickness of 270mm in a typical three-bedroomed semi could trim £175 a year from energy bills, according to Which, while insulating cavity walls can save around £135 a year and each costs between £50-£350. source:metro,21/01/2013

Photo of the day:)

Three models lay on beach towels beside Tower Bridge as Hilton Hotels & Resorts create a pop-up beach beside the river Thames, London, on the day that is considered by many as the most depressing day of the year. PRESS ASSOCIATION Photo. Picture date: Monday January 21, 2013. Photo credit should read: Anthony Devlin/PA Wire

जनप्रगतिशिल मञ्च युएईको अजमान क्षेत्रीय समितिको अध्यक्षमा निरौला


अबुधावी । नेपाली जनप्रगतिशिल मञ्च युएईको अजमान क्षेत्रिय समितिको विस्तार भएको छ । आफ्नो संगठन विस्तार तिब्र गतिमा अघि बढाउने क्रममा शुक्रबार युएईको अजमानस्थित त्यहाँ रहने श्रमजीबी प्रगतिशील देशभक्त जुझारु नेपालीहरुको बाक्लो सहभागिताबीच गुरु प्रसाद निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्षद्वयमा गमल थापा, ठग बहादुर गुरुङ ,सचिवमा सागर बोगटी , सह-सचिवमा खुम बहादुर गुरुङ , कोषाध्यक्षमा दल बहादुर गुरुङ र सह-कोषाध्यक्षमा हस्त बहादुर मगर रहेका छन् । यसैगरी सदस्यहरूमा गिर बहादुर राना , हुम बहादुर बिक , हेम बहादुर गुरुङ , ललित गुरुङ , श्रीकृष्ण अधिकारी , रुद्र थापा , नर बहादुर राना , राम काजी थापा, युक्त बहादुर थापा , रुक बहादुर बि क र गन बहादुर थापा रहेका छन्।
 कार्यक्रममा नेपाली जनप्रगतिशिल मंच युएईका महासचिव बाबुराम बिश्वकर्माको प्रमुख अतिथि तथा मंचका केन्द्रिय बुद्दिजिबि सदस्य भिम श्रेष्ठ बिसेष अतिथि रहनु भएको थियो । नेपाली जनप्रगतिशिल मञ्च अजमान क्षेत्रका संगठन बिभाग प्रमुख मिलन गुरुङको बिशेष पहलमा समिति गठन सफल हुन पुगेको र उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नवगठित समितिका अध्यक्ष गुरु प्रसाद निरौला तथा सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिदै महासचिव बाबुराम विश्वकर्माले नेपाली जनप्रगतिशिल मंच युएईको भूमिका र पृष्ठभूमिबारे प्रस्ट पार्दै अहिले परिवर्तनशील शक्तिलाई देशी बिदेशी प्रतिक्रियाबादीहरुले चौतर्फी आक्रमण गरिरहेको परिस्थितिमा देश तथा बिदेशमा रहने सम्पूर्ण प्रगतिशील परिवर्तनकामी नागरिकहरु एकजुट हुनुपर्ने र जनयुद्दबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै शंघीय गणतान्त्रिक नेपालको संबिधानमा पिछडियका वर्ग, जातिय ,क्षेत्रीय , लिंगीय भेदभावको अन्त्य गरि सबैलाई समान अधिकारको प्रत्याभूत गराउनु पर्ने अहिलेको आबश्यकता भएको बताउनु भयो ।
 यसै क्रममा सल्लाहकार भिम श्रेष्ठले अजमान क्षेत्रमा रहने सम्पूर्ण नेपालीहरुलाई संगठनमा आबद्द गराई हाम्रो सैद्दान्तिक र बैचारिक रुपमा स्पस्ट पार्दै राष्ट्रलाई परिबर्तन र अग्रगामी दिशामा लैजान सबै एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भएको थियो , समिति गठन गर्ने क्रममा धेरै साथीहरुसंग भेटघाट हुने क्रममा अधिकांस नेपालीहरु संगठनमा आबद्द हुन चाहेको बताउनु भयो । नेपाली जनप्रगतिशिल मंचले बिदेशी भूमिमा रहेर पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ र बिशेष गरेर मजदुरहरुको हकहितको लागि सधै लडिरहने संगठन भएकोले भविष्यमा पनि आफ्नो कार्यकाल अबधिमा आफु र आफ्नो समिति सदैव अजमानमा रहने सम्पूर्ण प्रगतिशील मजदुरहरुलाई एकताबद्द गराउँदै उहाँहरुको शुख-दुखमा सहकार्य गरिरहने प्रतिबद्दता जाहेर गर्नु भयो ।

नर्सको अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार


भारतको चण्डीगढमा नर्सको अन्तरवार्ता दिन गएकी युवतीको सामूहिक बलात्कार भएको छ । दुई दिनसम्म सामूहिक बलात्कार पछि उनीहरुले भिडियो समेत बनाएका छन् ।
मोगाकी युवती नर्सिङको पढाई सकेर जागिरको खोजीमा थिइन् । मण्डीगढ सेक्टर-३४ स्थित मुकुट अस्पतालमा नर्सको पोष्ट खाली भएको थाहा पाएपछि उनी जनवरी १८ मा अन्तरवार्ता दिन मोगाबाट चण्डीगढ पुगिन् । बस स्टपमा पुगेपछि रिक्सा पर्खिरहेको अबस्थामा केही युवाहरु कागज लिएर ठेगाना सोध्न आए । त्यतिकैमा पछाडीबाट सबैका धक्का दिए र जबरजस्ती एक कारमा राखे । कारमा राख्नासाथ एक इन्जेक्सन दिएर बेहोस बनाएर उनीलाई अज्ञात स्थलमा लगे ।
शनिबार विहान होस खुल्ला उनी एक बन्द कोठामा थिइन, जहाँ उनको बलात्कार भइससकेको थियो । उनको होस खुलेको केहीबेरमा युवाकहरु आए र फेरि बलात्कार गर्दै मोबाइलमा भिडियो खिचे ।
साँझ ५ बजेतिर बठिंडा-बलवाली रोडमा गुडिरहेका कारबाट उनले फलिदिए र कारमा रहेका तीन युवक फरार भए । सडकमा कारमा यात्रा गरिहेकाले सडकमा लडिरहेकी युवतीलाई देखेपछि सिविल अस्पताल पुर्‍याए । उनको अवस्था गम्भीर रहेको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

बेलायती अदालतद्वारा गोर्खालीको पक्षमा फैसला

८ माघ, काठमाडौं । बेलायती अदालतले गोरखा सैनिकका १८ वर्ष माथिका सन्तानलाई आवासीय भिसा उपलब्ध गराउन सोमबार बेलायती सरकारलाई आदेश दिएको छ । अदालतको यो आदेशलाई भूतपूर्व गोरखा सैनिक संघ (गेसो)ले आफूहरुको ऐतिहासिक जीत बताएको छ ।सन् २००९ मे २१ बाट बेलायत सरकारले गोरखा सैनिक र तिनका १८ वर्ष मुनिका सन्तानलाई मात्र आवासीय भिसा दिने नीति लागू गरेपछि परेको मुद्दामा लण्डनस्थित कोर्ट अफ अपील द मास्टर अफ रोल्सले १८ वर्ष माथिकालाई पनि आवासीय भिसा उपलब्ध गराउन आदेश दिएको हो ।गेसोको लामो न्यायिक संघर्षपछि २१ मे २००९ मा सबै गोरखा सैनिक र तिनका परिवारले आवासीय भिसा पाउँने व्यवस्था गरिएको भए पनि गोरखा सैनिकका सन्तानको हकमा १८ बर्षभन्दा मुनिकाले मात्रै आवासीय भिसा पाउने व्यवस्था गरेर बि्रटिस सरकारले विभेद गर्दै आएको थियो । ‘वरिष्ठ न्यायाधीश लर्ड जस्टीस डाईसनको एकल इजलासले गेसो र गोरखाहरुको पक्षमा फैसला गरेको छ । बि्रटिस शासकले नेपालीहरु माथि करिब २ सय बर्षदेखि गर्दै आएको चरम अन्याय र शोषण बिरुद्धको अर्को महत्वपूर्ण न्यायिक विजयको रुपमा हामीले लिएका छौं ।’ -गेसोका सभापति पदमहादुर गुरुङ्ग र महासचिव महेन्द्रलाल राईद्वारा सोमबार जारी प्रेस वक्तव्यमा भनिएकोछ, ‘यसलाई केवल गोरखा सैनिक र नेपालीहरुको जित मात्रै नभएर संसारभरिका न्याय र मानवअधिकारका पक्षधरहरुको विजयका रुपमा लिएका छौं ।’
हो एण्ड को सोलीसिटर्स ल र्फमले हालेको मुद्दामा बेलायती समयअनुसार सोमबार १० बजेर ३ मीनेट जाँदा लण्डनस्थित कोर्ट अफ अपिल द मास्टर अफ द रोल्सले गेसोको पक्षमा ऐतिहासिक फैसला गदै १८ बर्षभन्दा माथिकालाई पनि आवासीय भिसा दिन आदेश दिएको गेसोले जनाएको छ ।

Sunday, 20 January 2013

Joke of the day:D


  • Husband : (calls up Hotel Manager
    from Room) Please Come Fast, I am
    Having an Argument with My Wife &
    She Says She will Jump from ur Hotel
    Window.
    Manager : Sir, I am Sorry, But this is Your Personal Matter.
    Husband : U Idiot! The Window's not Opening. This is a Maintenance
    Issue !!! :P



some extra moments:
  •  I said to this train driver: "I want to go to Paris." He said: "Eurostar?" I said: "I've been on tv but I'm no Dean Martin."
  • My phone will ring at 2am and my wife'll look at me and go, "Who's that calling at this time?" I say, "I don't know. If I knew that we wouldn't need the bloody phone."
  •  I went down to my local supermarket and I said: "I want to make a complaint. This vinegar's got lumps in it". He said: "Those are pickled onions."
  •  I was having dinner with Garry Kasparov (world chess champion) and there was a check tablecloth. It took him two hours to pass me the salt.
  •  I rang up BT. I said: "I want to report a nuisance caller." He said: "Not you again."
  • I'm on a whisky diet. I've lost three days already.

बिदेशबाट फर्केर देशमै केही गर्नेहरुका लागि


-अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक लिमिटेड
अहिले हरेक दिनजसो एक हजारभन्दा बढी नेपालीहरु त्रिभुवन विमानस्थल हुँदै रोजगारीको खोजीमा खाडी मुलुकतिर लागिरहनुभएको छ । कुनै पनि सिक्काको दुई भाग हुन्छ । यो प्रकृयाको पहिलो भाग के देख्छु भने नेपालको राजनीतिक नेतृत्वले जति निकम्मापन देखाए पनि आफ्नो पेट पाल्नका लागि नेपाली दाजुभाइहरु विश्वको कुना-कुना पुगेर पसीना बगाइरहनुभएको छ । पौरखी र कर्मठ नेपालीको पहिचान उहाँहरुले दिनुभएको छ । त्यति पनि हुन नसकेको भए नेपालमै बस्ने, सके खाने, नभए भोकै मर्ने वा त्यसको जगमा द्वन्द्व बढ्ने खतरा हुन्थ्यो । उहाँहरुले सावित गरेर देखाइदिनुभएको छ, नेपाली नेताहरु असक्षम होलान् तर नेपाली जनता असक्षम छैनन्, कर्मबीर छन् ।
यसको अर्को पाटो पनि छ- आखिर उहाँहरु किन यसरी बिदेशी भूमिमा गएर पसीना बगाउनुपर्‍यो ? उच्च जोखिम भएका काममा न्यून पारिश्रमिकमा किन जानुपर्‍यो ? नेपालमा धार्मिक दंगा भएर, सामाजिक सद्भाव बिग्रेर वा ज्यानै बचाउन नसक्ने भएर त पक्कै हैन । मुख्य कारण हो- पेटको आगो । यहाँ राजनीतिक प्रणालीका, संबिधानका र अग्रगमनका जतिसुकै चर्का नारा लगाए पनि जबसम्म आर्थिक विकाश र सम्वृद्धिमा ध्यान दिन सकिन्न, यो प्रकृया घट्न सक्दैन, झन् झन् बढिरहन्छ ।
विदेश जानेका दुःख
दुःखको कुरा के हो भने एउटा नेपाली पहिलोपटक मलेसिया पुग्छ, त्यहाँ ३-५ बर्ष बस्छ, नेपाल आउँछ । केही गर्न सकिन्छ कि भनेर दुईचार दिन भौतारिन्छ र फेरि दुबई वा साउदीको भिसा खोज्दै म्यानपावर धाउन थाल्छ र अर्को ३ बर्षका लागि अर्को मुलुकतिर हानिन्छ । यसै गरी नेपाली युवाहरुले आफ्नो उर्जाशील उमेरका १०-१५ बर्षसम्म विदेशी भूमि चाहार्दै बसिरहेको देख्छु । विदेशै जान नपर्ने वातावारण त बनाउन सकेनौं नै, कम्तिमा केही वर्ष बसेर सीप र पूँजी लिएर आएको नेपाली युवालाई नेपालमै बस्ने वातावरण हामीले किन दिन सकेनौं त ? किनकि फर्किने युवालाई यहाँ म र मेरो परिवार आर्थिकरुपले सुरक्षित छ भन्ने विश्वास हुन सकेन । हाम्रो गन्तव्य आर्थिक रुपान्तरण नै हो, बाटोमात्रै हो राजनीतिक र सामाजिक रुपान्तरण । आज हाम्रा नेपाली दाजुभाइहरु यस्ता मुलुकमा गएर काम गरिरहनुभएको छ, जहाँ राजनीतिक स्वतन्त्रता पटक्कै छैन, त्यहाँ आर्थिक सम्वृद्धिलाई प्राथमिकता दिइएको छ । यसमा राज्यलाई दोष दिने ठाउँ धेरै होलान् । तर, हामीले ब्यक्तिगत रुपमा केही गर्न खोज्यौं भने सधैंभरि राज्यको मुख ताकिरहनु पर्दैन ।
खाडी मुलुकमा ३ बर्ष बसेको एक नेपालीले तीन चार लाख रुपैयाँ कमाएको हुन्छ । विदेश जाँदाको ऋण तिरेर पनि दुई अढाई लाख रुपैयाँ बचत हुन्छ । त्यही सानो रकमको लगानीबाट पनि नेपालमा केही गर्न सकिन्छ । पूँजी नपुग भए पूँजी थपिदिने, सीप नपुग भए सीप सिकाउने र प्रोजेक्ट प्लान बनाइदिने संस्थाहरु छन् नेपालमा । तर, अधिकांश बिदेशमा काम गरिरहेका नेपालीहरु नेपाल आउनुहुन्छ, कमाएको दुई चार पैसा, बिलासी बस्तुहरुमा खर्च गर्नुहुन्छ । गाउँघर हेर्‍यो, कोही पनि आफ्नो उमेरका मान्छे भेट्नुहुन्न । अनि फेरि बिदेशतिरै लाग्नुहुन्छ ।
नेपालमै छ सम्भावना
नेपालमा अहिले पनि प्रशस्त सम्भावना भएका क्षेत्रहरु छन् । त्यस्ता क्षेत्रमा काम गर्दा आफु उद्यमी बन्ने र अन्य दर्जनौंलाई रोजगारी दिने सम्भावना रहन्छ । मेरो लामो बैंकिङ करियरको अनुभवमा धेरै त्यस्ता नेपालीहरु देखेको छु, जसले विदेशमा पसीना बगाएर केही पूँजी ल्याउनुभएको छ, त्यहाँ काम गर्दा केही सीप सिक्नुभएको छ र नेपालमा आएर त्यसको लगानी गर्नुभएको छ । उहाँहरु केही बर्षको अन्तरालमै लखपति भएको देखेको छु ।
हाम्रै बैंकले लगानी गरेको एक परियोजनाको कुरा गर्न चाहान्छु । रामबहादुर चौधरी नामक एक सुकुम्बासीले अहिले केरा खेती गरेर बाषिर्क करिव १० लाख रुपैयाँ कमाउनुहुन्छ । लामो समयसम्म बिदेशमा गाडी चलाउनुभएका चौधरीसँग सम्पत्तिको नाममा केही पनि थिएन । मेगा बैंकले केही रकम लगानी गरिदियो, उहाँले केरा खेती थाल्नुभयो । ८ बिघा जमीनमा केरा खेती गरिरहनुभएको छ, १८- २० जनालाई रोजगारी पनि दिनुभएको छ । केराकै थामबाट कागज उत्पादन गर्ने फ्याक्ट्री पनि उहाँले स्थापना गर्दै हुनुुहुन्छ । यो एउटा उदाहरण मात्र हो, यस्ता दशौं लाख उदाहरण नेपालमा बनाउन सकिन्छ ।
अहिले पनि करिव १५ लाखभन्दा बढी नेपालीहरु खाडी मुलुकमा काम गरिरहनुभएको छ । उहाँहरु नेपाल फर्किएर काम गर्नुभयो भने रामबहादुर चौधरी बन्ने सम्भावना प्रवल छ । केवल त्यसका लागि योजना र इच्छाशक्तिमात्र चाहिन्छ । नेपालमा अहिले पनि बाषिर्क १५ अर्ब रुपैयाँको मासु विदेशबाट आयात हुन्छ । त्यति नै रकम तरकारीका लागि विदेशिइरहेको छ । पर्यटनेको क्षेत्रमा त्यतिकै सम्भावना छ । यी क्षेत्रमा लगानी गर्नुभयो भने तपाईले पक्कै पनि नेपालमै सुन फलाउन सक्नुहुन्छ ।
देशमै केही गर्नेहरुलाई टिप्स
नेपालमै केही गर्ने अठोट लिएर तपाई स्वदेश र्फकदै हुनुहुन्छ भने म तपाईहरुलाई केही टिप्स दिन चाहान्छु ।
पहिलो, तपाई कस्तो ठाउँमा बस्नुहुन्छ ? तपाई बस्ने गाउँघरमा के खेती हुन्छ, के सम्भावना छ ? तपाईको सुन्तला खेती हुन्छ कि, स्याउ खेती हुन्छ कि, च्याउ खेती हुन्छ कि, तराईमा हो भने केरा खेती हुन्छ कि ? त्यस बारे सोच्नुहोस् ।
दोस्रो, उद्यम गर्नका लागि आफ्नो गाउँघरका मन मिल्ने साथीभाइको समूह बनाउने प्रयत्न गर्नुहोस् । विदेशमा रहँदै यस्तो योजना बनाउनुभयो भने तपाईलाई नेपालमा आएर पूँजी र समूह बनाउन धेरै भौंतारिइरहनु पर्दैन ।
तेस्रो, नेपाल फर्किएपछि आफुले काम गर्न चाहेको क्षेत्रमा सम्भाब्यता अध्ययन गर्दै पूँजी र प्रविधिबारे तयारी थाल्नुहोस् । यदि समूह बनाउँदा पनि पूँजी पुग्दैन भने लघु वित्त क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थासम्म पुग्नुहोस् । मेगा बैंकजस्ता ठूला बैंकहरुले पनि अहिले साना तथा मझौला उद्योग र फार्महरुमा लगानी बढाइरहेका छन् । उनीहरुसमक्ष पुगेर आफ्नो योजना सुनाउनुहोस् र नपुग रकम ऋण लिनुहोस् ।
चौथो, तपाईले सुरु गर्न लागेको व्यवसायका लागि प्राविधिक सीप जरुरी हुन्छ । यदि तपाई व्यवसायिक खेती, पशुपालनलगायतका काम गर्न थाल्दै हुनुहुन्छ भने तपाईलाई तालिम दिने संस्थाहरु छन् । हेल्भेटास लगायतका संस्थाले तपाईलाई कसरी खेती गर्ने, नोक्सान हुन नदिन कसरी संविधान अपनाउने लगायतका बिषयमा तालिम दिनेछन् ।
मुनाफा कमाउन सकिने पाँच क्षेत्र
तपाईले के काम गर्ने ? केमा लगानी गर्दा मुनाफा कमाउन सकिन्छ ? खासगरी तपाईले नेपालमा पाँचवटा क्षेत्रमा लगानी गर्नुभयो राम्रो मुनाफा कमाउन सकिन्छ ।नम्बर एक, पशुपालन ः नेपालमा बाषिर्क १५ वर्षको मासु आयात हुन्छ । तपाईले व्यवसायिक ढंगले बाख्रा तथा खसीपालन, बंगुर पालन वा कुखुरा पालन गर्नुभयो भने नेपालमा राम्रो सम्भावना छ । गाउँघरमा काम गर्ने जनशक्ति नहुँदा धेरै उर्बरभूमि बाँझो हुँदै गएको छ, त्यस्ता ठाउँमा बाख्रापालनको काम थाल्नुभयो भने कम पैसामा जग्गा पाउनुहुनेछ र नाफा कमाउने सम्भावना पनि उच्च हुनेछ ।
दोस्रो, नगदे बालीः अब परम्परागत ढंगले धान, मकै, कोदो वा फापर खेती गरेर नाफा कमाउन सकिन्न । तपाईहरुले विदेशमा पनि नगदेबालीको क्षेत्रमा काम गर्नुभएको होला वा देख्नुभएको होला । अब तपाईहरुले व्यवसायीक खेतीलाई प्राथमिकता दिनुपर्छ । जस्तो तरकारी, जडिबुटी, सुन्तला, चिया, केरा तथा कफीलगायतका नगदे बालीमा लगानी गर्नुभयो भने तपाईले नाफा कमाउने प्रसस्त सम्भावना रहन्छ । अहिले पनि बिदेशबाट फर्किने धेरैले पशुपालन र व्यवसायिक खेती गरिरहनुभएको छ ।
तेस्रो दूधजन्य उद्योगः नेपालमा अहिले पनि दूधको अभाव छ । उन्नत जातका गाई तथा भंैसी पालन गरेर दूध उत्पादन गर्ने आफैंले सहकारीमार्फत् त्यसलाई बजारमा पुर्‍याउने गर्न सकियो भने सबैभन्दा राम्रो मुनाफा कमाउन सकिन्छ ।
चौथो, मर्मतसम्भार तथा निर्माण क्षेत्रः जस्तो नेपालमा अहिले पनि मर्मतजन्य प्राविधिक जनशक्ति छिमेकी मुलुक भारतबाटै आइरहेको छ । पलम्बर, इलेक्टि्रसियन, कपाल काट्नेलगायतका साना भनिएका काममा तपाईले लगानी गर्नुभयो भने धेरै मुनाफा कमाउन सकिन्छ । किनकि तपाईलाई थाहा भइसक्यो कि संसारमा कुनै पनि काम सानो छैन । विदेशमा तिनै साना भनिएका काम गरेको वा अरुले गरेको देखेको हुनाले पनि तपाई नै यस्ता साना भनिएका काममा लगानी गरेर उच्च मुनाफा कमाउन सक्ने सम्भावित व्यक्ति हुनुहुन्छ ।
पाँचौ, पर्यटन क्षेत्रः पर्यटन भन्नासाथ ठूला ठूला होटल र रिसोर्ट सम्झनु पर्दैन । तपाईले दुई लाख कमाउनुभएको छ र बैंकबाट अर्को दुई लाख ऋण लिएर ट्रेकिङ रुटमा चिया पसल खोल्नुभयो भने पनि राम्रो मुनाफा कमाउन सकिन्छ । अहिले त होम स्टेको राम्रो बजार छ, अलिक धेरै पैसा छ भने साना लज तथा रेष्टुरेण्टहरु पनि खोल्न सक्नुहुन्छ । पर्यटन क्षेत्रमा अहिले साँच्चिकै राम्रो सम्भावना छ ।
जुनसुकै परियोजना सुरु गर्नुअघि मैले के गर्दै छु, त्यो ठाउँमा आफुले गर्न खोजेको काम सफल हुन्छ हुँदैन, उत्पादन भइसकेपछि बजारमा खपत हुनसक्छ वा सक्दैन र अन्तिममा त्यसबारे आफ्नो सीप छ कि छैन भन्ने कुरामा हेक्का राख्नुपर्छ ।
सानो हुँदैन काम
विदेशमा तपाईले सीप सिकेर फर्किनुभएको छ र नेपालमा पनि त्यही रोजगार पाउँछु कि भन्ने ठान्नुहुन्छ त्यो चाहिँ त्यति सुरक्षित देख्दिँन । नेपालमा उत्पादन क्षेत्र चौपट भइसकेको छ । पर्यटन र निर्माण क्षेत्रमा काम गरेकाहरुले नेपालमा पनि रोजगारी पाउने सम्भावना अलिअलि देखिन्छ । तर, बिदेशबाट फर्किनेले नेपालमा रोजगारीभन्दा पनि स्वउद्यमलाई प्राथमिकता दिनुपर्छ । आफैंले केही गर्नुपर्छ ।
नेपालीले बाहिर गएर काम के हो भन्ने सिक्छ । मैले पनि अमेरिकामा भुईं पुछ्ने काम गरेँ, त्यसपछि थाहा पाएँ मैले कामको सम्मान भनेको के हो ? कामको सम्मान गर्ने संस्कार हरेक विदेश गएको नेपालीले सिक्छ । त्यो नै नेपालको आर्थिक सम्वृद्धिका लागि सबैभन्दा ठूलो उपलब्धि हो । नेपालमा अझै पनि छि भन्ने शीर्षकमा धेरैथरि कामहरु छन् । त्यही काम विदेशमा गर्दा सानो नहुने, नेपालमा गर्दा किन सानो हुने ?
तपाईले विदेशमा जे सिक्नुहुन्छ, त्यो सँगसँगै बोकेर आउनुस्, प्लेन चढ्नुअघि एयरपोर्टमै नछाड्नुस् । यदि कामको सम्मानको संस्कार र सीपसहित तपाई नेपाल फर्किएर काम गर्नुहुन्न, तबसम्म तपाईको परिवार पनि खुसी हुन सक्दैन र समाजले पनि केही पाउन सक्दैन । चाहे रेमिट्यान्समा जतिसुकै वृद्धि होस् । नेपाल बन्ने ठूलो कुराले हैन, सानो कामले हो । नेपाली दाजुभाइहरुमाथि मेरो पूर्ण विश्वास छ । नेपाली अल्छि छैनन्, खाली अवसर नपाएको मात्र हो ।
कमाएर मात्रै हुँदैन, बचाउनु पर्छ
म एउटा महत्वपूर्ण कुरा सेयर गर्न चाहान्छु । तपाईले जबसम्म बचत गर्ने संस्कार बसाउनुहुन्न, आफंै र आफ्नो परिवारलाई आर्थिक अनुशासनमा राख्नुुहन्न, तबसम्म तपाईले जति पैसा कमाए पनि त्यसले सुख दिन सक्दैन । त्यसैले तपाई विदेश जाँदै हुनुहुन्छ वा अहिले विदेशमा हुनुहुन्छ भने नेपालका बैंकहरुमा बचत खाता खोल्नुहोस् । विदेशबाट पठाएको रकम त्यही बैंकमा जम्मा गर्नुहोस् र आफ्नो परिवारलाई चाहिने रकम अडकलेर मात्र दिनुहोस् । साथमा पैसा भयो भने तपाईको परिवारको पनि मन ठूलो हुन्छ, सापटी दिन थाल्छन्, विलासी वस्तुहरुको चाहना बढ्दै जान्छ, नेपाल फर्किदा तपाई आर्थिक हिसाबले उस्तै रहनुहुन्छ, जस्तो विदेश जानु पहिले हुनुहुन्थ्यो ।
कतिपय अवस्थामा आफ्नै श्रीमतीले पैसा दुरुपयोग गरेर अर्कैसँग भागेका समाचारहरु पनि मिडियामा आइरहेको देख्छु । बैंकमा खाता खोलेर पैसा राख्नुभयो भने सुरक्षित त हुन्छ नै, भोलि फर्केर आउँदा त्यही बैंकले तपाईलाई बिना झण्झट तपाईले सुरु गर्न लागेको परियोजनामा लगानी पनि गरिदिन्छ ।
हामीले थालेको प्रयास
हालै हामीले प्रवासी नेपाली संगठनसँग सहकार्य गरेका छौं । मुख्य कुरा हामीले तालिमकै लागि सहकार्य गरेका हौँ । मेगा माइक्रो र मेगा एसएमईले तपाईका लागि लगानी गरिदिन सक्छ, यदि तपाईसँग कुनै धितो छ भने धेरै ऋण पाउनुहुन्छ, हामी लिदैनौं भन्दैनौं । अलि कम ब्याज पर्छ होला । तर, धितो नभए पनि हामी ऋण दिदैनौं भन्दैनौं । उहाँहरुले जे गर्नुहुन्छ त्यही परियोजना धितो हुन्छ । काम उहाँहरुले गर्ने हो, हामीले लगानी गरिदिने हो । मेगाले अहिले त्यस्तो क्षेत्रमा झण्डै ४० करोड रुपैयाँ लगानी गरिसकेको छौं एक बर्षभित्र । ५ हजारभन्दा बढी ग्राहक वा प्रोजेक्टमा लगानी गरेका छौं ।साभार : अन्लाईन खबर